दफा ५०
चालक अनुमतिपत्र दिने
(१) दफा ४९ बमोजिम परीक्षा लिई सफल भएका दरखास्तवालालाई सो समितिको सिफारिशमा अधिकार प्राप्त अधिकारीले अनुसूची – ५ बमोजिमको ढाँचामा चालक अनुमतिपत्र दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र दिंदा सो अनुमतिपत्रमा ठूलो, मझौला, सानो वा ती मध्ये कुनै वा सबै सवारी चलाउन दिइएको हो भन्ने कुरा स्पष्ट रूपमा जनाउनु पर्छ ।
(३) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक सवारी चलाउने चालकलाई दिइने चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।